मंकिपक्सका संक्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य संकटकाल

काठमाडौं । मंकिपक्सका संक्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य संकठकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो। त्यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो । उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मंकिपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो ।

विश्व स्वास्थ्य संगठनले मंकिपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको हो । अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो संक्रमण देखिएको बताइएको थियो। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखा परेको मंकिपक्सको संक्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो ।

विश्वका कैयौं देशमा मंकिपक्सको संक्रमण देखिएको छ। विश्वमा हाल २५ हजार ८०० जनामा यो संक्रमण पाइएको बताइएको छ । अहिले पनि विश्वका कतिपय देशहरुमा यसको संक्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन् । अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी संक्रमितहरु पाइएका बताइएको छ ।

प्रतिक्रिया