दलितका लागि बेसरोकारको मुद्दा

डा. मिठाराम शर्मा (विश्वकर्मा)

केही दलितबाट धर्मको कुरा उठाएर कुनै जात र धर्मलाई एकोहोरो गालीगलौज गरेको पाइएको छ, धर्म दलितको कुनै विषय नै होइन, धर्म मान्नु नमान्नुसँग सरोकार छैन । न धर्मको पुनर्निर्माण वा धर्म परिवर्तनको कुरा संवेदनशील हो । यो केबल जात र धर्मको नाममा आपसी द्वन्द्व मच्चाउन चाहाने तत्वलाई टेवा पु¥याउनु हो । कानमा तेल हालेर नबसी सुशील कोइरालाले संविधान घोषणा नगरेको भए नेपालमा यो संविधान आउने थिएन, एक हप्ता मात्र ढिलो गरेको भए ०४७ सालकै संविधानले क्रमिकता पाउने थियो, यसका लागि नेपाली कांग्रेसकै एक तत्व र नेकपा एमाले सलबलाएको थियो ।

नेपाली कांग्रेसको संविधान मस्यौदा सुझाव समितिमा रहेको एक भाग्यमानी म हुन पुगेका कारण धेरै कुराको जानकारी राख्ने मौका पाए । त्यतिबेलाका थुप्रै कुराको जानकारी आजसम्म ताजै छन् । मैले दलितका विषयमा धेरै कुरा उठाउला भन्ने थियो, मैले थोरै कुराबाहेक धेरै कुरा नेकपा माओवादीबाट उठ्यो । नेकपा माओवादीले पूर्ण समानुपातिक समावेशीकरणको कुरा उठाउँदा यो भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो, मैले यो कुरा उठाउन सक्दैनथेँ किनभने नेपाली कांग्रेसले मिश्रित राज्य व्यवस्थामा जाने निर्णय गरेको थियो, यो अनुशासन मान्नु मेरो बाध्यता थियो ।

यसकारण नेपाली दलितले यो संविधानलाई आत्मसात नगरी विभिन्न बखेडा निकाल्दा यो संविधानलाई समाप्त गर्न चाहाने शक्तिलाई बल पुग्नेछ । या यो शक्तिलाई बल पुराउन उद्दत मतियार बन्नेछौ । केही दलितबाट धर्मको कुरा उठाएर कुनै जात र धर्मलाई एकोहोरो गालीगलौज गरेको पाइएको छ, धर्म दलितको कुनै विषय नै होइन, धर्म मान्नु नमान्नुसँग सरोकार छैन । न धर्मको पुनर्निर्माण वा धर्म परिवर्तनको कुरा संवेदनशील हो । यो केबल जात र धर्मको नाममा आपसी द्वन्द्व मच्चाउन चाहाने तत्वलाई टेवा पु¥याउनु हो ।

कानमा तेल हालेर नबसी सुशील कोइरालाले संविधान घोषणा नगरेको भए नेपालमा यो संविधान आउने थिएन, एक हप्ता मात्र ढिलो गरेको भए ०४७ सालकै संविधानले क्रमिकता पाउने थियो, यसका लागि नेपाली कांग्रेसकै एक तत्व र नेकपा एमाले सलबलाएको थियो । वर्तमान संविधानको प्रसववेदना कहालीलाग्दो छ । यसकारण यस संविधानलाई संरक्षण गर्नु हाम्रो दायित्वभित्र परेको छ । मैले यो संविधान किन बचाउनुपर्छ भनिरहेको छु, तथापि यो संविधान समाप्त पार्न चारैतिरबाट प्रयत्न भएको छ । केही कुरा अझ बाँकी होलान् तर दलित मैत्री छ । समानुपातिक समावेशीता दलितलाई मात्रै होइन, सबैका लागि हो । यस संविधानमा शक्तिको सशक्तीकरण र पृथकीकरण अधिकारसमेत सुरक्षित गरिएको छ । यो अधिकारले त्यस्ता वर्ग र समुदायलाई काखमा राख्छ, जुन विभिन्न अवस्थाले समाजमा पछि परेका हुन्छन् ।

बेइमानी कहाँनेर भयो भनेपछि संविधान संशोधन गरेर खसआर्य भनेर ब्राह्मण, क्षेत्री र दसनामी सन्यासी हुन भन्ने व्याख्या गरियो, यो सरासर बेइमानी हो । खसआर्य यत्तिमा सीमित छैनन्, अरू पनि छन् । बारबार यो संविधानको वकालत किन गरिरहेको छु भने यो संविधान बनाउँदै गर्दा जिम्मेवारी ढंगबाट दुःख गरेको छु । मेरो भागमा २७ जिल्लाको सुझाव संकलन गर्ने परेको थियो ।

अझ मलाई केही दलितहरूले हिन्दू धर्म र बाहुनलाई सक्दो गाली गरेको देख्दा अचम्म लागेको छ । संविधानले दिएको अधिकारतिर ध्यान केन्द्रित नगरे भड्काउनतिर लाग्नु, गम्भीर षड्यन्त्र हुन सक्छ । बाहुन सबै खराब छैनन्, प्रगतिशील पनि छन् । संविधानले धर्मसँग कुनै सम्बन्ध राखेको छैन, सम्बन्ध आफ्नो अधिकार सुरक्षित गरेको छ कि छैन हो । यो संविधानका लागि दुई वटा अक्षर मात्र भए पनि लेखेको छु । यो संविधानको प्रसव वेदना नजिकबाट देखेको छु, भोगेको पनि छु । एमालेले अहिले ठुलो कुरा गरेर हुन्छ ? समानुपातिक र आरक्षण राख्नै हुन्न भन्ने पार्टी हो, समावेशी मात्रै राख्नुपर्छ भन्ने पार्टी हो एमाले भनेको । समावेशी भनेको पुँजीवादी नोकरशाहीको कलो हो । यो कुरा त मैले संसदमा नै बोलेको छु–पुँजीवादी नोकरशाहीको कलो खान हामी तयार छैनौँ भनेर, भनिरहँदा नेकपाले नियमापत्ति जनाएको थियो । माधव नेपाललाई त मैले आज पनि राष्ट्रिय दलाल भन्न रुचाउँछु ।

यति रुखो शब्द किन भयो भनिएला, उनी प्रधानमन्त्री हुँदा चीन भ्रमणमा गएका थिए । चीनले नेपाललाई तेन्जेन बन्दरगाह प्रयोग गर्न दिने कुरा गर्दा अनकनाए । चीनबाट नेपालमा सामान ढुवानी गर्दा कलकत्ता बन्दरगाहमा झारेर भारत भूमिकालाई प्रयोग गरेर नेपाल भित्र्याउनु पर्दछ । या बेजिङ, गोन्जाओ, हङकङबाट हवाई ढुवानी गर्नुपर्छ । नेपालले तेन्जेन बन्दरगाह प्रयोग गरे नेपाल–चीनको सीमासम्म सहुलियत दिने कुरासमेत गरेको थियो । ढुवानी केरुङ सडकबाट गर्ने र बाटो फराकिलो बनाउने कुरा गरेको थियो, आवश्यक ठाउँमा सुरुङ बनाउन सकिने कुरा उठेको थियो । यो कुरा माधवकुमार नेपालले जस्ताको त्यस्तै ससुरालीमा पु¥याए । चीनले केरुङ सडकको कुरा उठाएको आज २८ वर्ष बितिसक्यो केरुङको सीमा ढोका आजसम्म तयार हुन सकेको छैन । अनि यिनलाई राष्ट्रिय दलाल नभनेर अरू के भन्ने ?

संविधानमा समानुपातिकपछि समावेशिता भन्ने शब्द एमालेको हो । अक्षरको भाउ त सबैलाई पु¥याउनुपर्ने ! समाजवादप्रति प्रतिबद्ध शब्दको भाउ कांग्रेसको हो, समानुपातिक शब्दको भाउ माओवादीको हो, माओवादी त पूर्ण समानुपातिककै पक्षमा थियो, यत्ति मात्रै होइन शक्तिको सशक्तीकरण शब्द पनि माओवादीको हो । कसैलाई लाग्ला शक्तिको सशक्तीकरण चीनमा माओ शक्तिमा गएपछि सांस्कृतिक क्रान्ति गरेको नक्कल हो । नेपालका सन्दर्भमा त्यो होइन, सन्दर्भ के हो भने नेपालको सामाजिक र राजनीतिक जीवनमा पछि पारिएकालाई विभिन्न अवसर दिएर सशक्तीकरण गर्ने हो, त्यतिबेलाको बुझाइ यो थियो ।

मलाई अचम्म लाग्छ चित्रबहादुर केसीका कार्यकर्ता कसरी भएका होलान्, उनीसँग निकास भन्ने छँदै थिएन तर यो पनि हुन्न त्यो पनि हुन्न भनेर अनिर्णयको बन्दी बनाउने प्रयत्न भने गर्थे । संविधान निर्माणका क्रममा भएका कुराहरू थुप्रै छन्, हेरौँ समयले के भन्छ ! संविधानलाई अझ प्रगतिशील बनाउनतिर लाग्नुभन्दा असफल बनाउने प्रयत्न भएको छ, चाहे त्यो जहाँसुकैबाट किन नहोस् । राजसंस्थाको पुनस्र्थापना र हिन्दूराज्यको कुरा त बहाना मात्रै हो । (डा. विश्वकर्माको फेसबुकबाट)

प्रतिक्रिया