पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म देशभर कोरोनाबाट ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन् ।

बुधबार ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ४३३ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा देशभर ३ हजार ९१ पीसीआर तथा २ हजार ९११ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया