पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७६२ पीसीआर र २ हजार ६५३ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ५०९ र एन्टिजेन परीक्षणबाट ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार ८९५ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १४४ जना पुगेको छ । २४ घण्टामा निको हुनेको संख्या २९९ रहेको छ । सोही अवधिमा ११ हजार ५१३ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया