अभियानबाट हटेका सफलले गरे गौतममाथि कारबाहीको नौटंकी

काठमाडौं । राष्ट्रिय एकता अभियानबाट वामदेव गौतमलाई निष्कासन गरेको घोषणा गर्ने युवराज ‘सफल’आफै सो अभियानको कुनै पदमा नरहेको खुलासा भएको छ ।

उनले असार १६ गतनै अभियानका सबै तहबाट लागू हुनेगरी राजीनामा दिईसकेका थिए। अर्थात उनी असार १६ देखि सो अभियानका कुनै समितिमा थिएनन् ।

तर, उनै सफलको हस्ताक्षरमा शनिबार गौतमलाई कारबाही गरेको हस्पास्पद घोषणा गरिएको थियो। जव कि उनी असार १६ बाट गौतम नेतृत्वको अभियानमा थिएनन् ।

गौतमलाई गरिएको कारबाही अनाधिकृत रहेको बताइएको छ । पार्टीमानै नरहेका व्यक्तिले गौतमलाई काराबाही गरेको नौटकी गरेर दुनियाँं हंसाएको टिप्प्णी सुन्न थालिएको छ ।

यसअघि सफलले राष्ट्रिय एकता अभियानको सचिवालयमा आफ्ना चार जना मान्छेलाई समेट्न माग गरेपछि विवाद भएको थियो । उनको माग पूरा नभएपछि अभियान संयोजकलाई नै निष्कासन गर्ने निर्णय भएको भन्दै प्रचार गरेको आरोप उनीमाथि लागेको छ ।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गर्ने निर्णय शनिबार भएको नौटंकी घोषणा गरिएको थियो ।

युवराज सफलले सचिवालयमा आफ्ना चार जना मान्छे राख्न माग गरेको भए पनि , एक जनालाई मात्र राख्ने निर्णय भएको बताइएको छ । त्यसलगत्तै असन्तुष्ट भएका युवराज सफलले अभियानबाट राजीनामा गरेका थिए । शुक्रबारको सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया