‘आर्तनाद’ को लोकार्पण

काठमाडौं । उपन्यासकार रञ्जना पराजुली लम्सालद्वारा लिखित उपन्यास ‘आर्तनाद’ को सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघले मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले उक्त कृतिको लोकार्पण गरे ।

उक्त कृतिमाथि उपन्यास समाज नेपालका अध्यक्ष तथा आख्यानकार शंकर भारती र समालोचक लीला लुइँटेलले टिप्पणी गरे । सो कार्यक्रममा साहित्यकार बाबुराम पौडेल, डा. दामोदर पुडासैनी, ललिता दोषी, उपन्यासकार रञ्जना, प्रमुख अतिथि प्राज्ञ पन्त र संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण साहित्यकार राजबाबु श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया