छ स्रष्टालाई सम्मान

झापा । अग्रज साहित्यकार तथा पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितसहित छ जना स्रष्टालाई भानु साहित्यक प्रतिष्ठानले सम्मान गर्ने भएको छ । आगामी असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको सन्दर्भ पारेर काँकरभिठ्ठामा प्रतिष्ठानले प्रश्रित, क्या गोपिलाल लिम्बू (इतिहासकार÷अन्वेषक), जिएन शर्मा (पत्रकार), भानुभक्त कुभिण्डेली (साहित्यकार), शशीप्रसाद बजगाईं (साहित्यकार तथा पत्रकार), मातृकाप्रसाद संग्रौला (कलाकार तथा साहित्यकार) लाई सम्मान गर्ने भएको हो ।

प्रश्रितलाई एक लाख एक हजार र अन्य सबैलाई नगद २१ हजारका दरले सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए । असार २८ गते भानुजन्यतीको अवसर पारेर प्रतिष्ठानले कविता गोष्ठीसमेत आयोजना गरेको छ । त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साहित्यकारको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया