नेपालले क्रिकेट टिम अष्ट्रेलिया जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगमी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर (महाप्रबन्धक) वृतान्त खनालले आगमी सेप्टेम्बरमा नेपालले अष्ट्रेलिया भ्रमण गर्ने जानकारी दिएका छन् । नेपालले अष्ट्रेलियामा कुन टोलीसँग खेल्ने त्यो भने पक्का भएको छैन । वृतान्तको अनुसार नेपालले त्यहाँ क्लब टोलीसँग खेल्ने सम्भावना छ । ‘अष्ट्रेलिया भ्रमणको बारेमा तयारी सुरु भएको हो । अष्ट्रेलिया भ्रमण हुन्छ । तर कुन टोलीसँग खेल्ने र सेप्टेम्बरमा कहिले खेल्ने अहिले नै भन्न सकिदैन’, खनालले भने ।

‘यसको मुख्य कारण नेपालमा बर्खा लागेको भएको हुँदा यहाँ खेल गर्न सकिदैन । अफ सिजनमा पनि अष्ट्रेलियासँग खेल गर्न सकिने हुँदा त्यहाँ खेल राखिएको हो’, उनले भने । ‘हाम्रो सक्दो प्रयास अष्ट्रोलिया ए टिमसँग हो । तर त्यो सम्भावना म देख्दिन । किनकी तालिका अनुसार ए टोली ब्यस्त छ । हामीले अष्ट्रेलियाको राम्रो क्लबसँग खेल्ने प्रयास गर्ने हो । भ्रमण चाहिँ पक्का हुन्छ’, खनालले भने ।

नेपाली टोली मंगलबार नै क्यानाडातर्फ लागेको छ । क्यानाडामा एक अभ्यास खेल र क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्तरता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया