एनएमबि बैंक र टानबीच सहकार्य

काठमाडौ । एनएमबि बैंक र ट्रेकिग एसोसिएशन अफ नेपाल (टान) बीच डिजीटल सेवालाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।

उक्त समझदारी पत्र मार्फत टानका सदस्यले एनएमबि बैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन । बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ । यी सेवाहरुले टानका सदस्यलाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया