‘मलाई बेकारमा चलाउने भुईफुटेहरुलाई ‘ड्याङ– ड्याङ’ बजाईदिन्छु’

राष्ट्रिय प्रजातन्त्र पार्टीका खेलकुद विभाग प्रमुखले पनि राजीनामा दिनुभएको छ । बरु म त सर्लक्कै केहि नभनी राजीनामा दिएँ । हुनत लेख्नुपर्ने धेरै थियो, तर आदरणीय राजेन्द्र लिङ्देन दाईको मुख हेरेर मात्र चुपचाप बाहिरिएकी हुँ । मेरो राजीनामाको विषयलाई लिएर कतिले नराम्रो भने ।

पैसाको लोभमा देश छोडेर पिआएर लिएर बसेका मखुण्डोधारीहरुले समेत कटाक्ष गरे । तर पनि म बिचलित भएको छैन । तिनीहरुका एक–एक शब्दहरु मेरो लागि उर्जा बनेका छन् । आगामी दिनमा जे गर्छु त्यो पनि राम्रैको लागि गर्छु ।

आजसम्म कसैको केहि बिगारेको छैन, कसैलाई हानी हुने काम गरेको छैन । मैले मेरो बिबेकले सहि निर्णय गरेर चुपचाप बाहिरिँदा पनि राप्रपाका अनुशासनहिन र गतिछाडा तल्लो स्तरका मान्छेहरुले भन्नु नभन्नु भनेका छन् । म पार्टी प्रवेश गर्दा पनि तिनीहरु नराम्रो नै लेखेर बसे ।

विभाग प्रमुख हुँदा पनि रिस गरेर नराम्रो नै लेखेर बसे । पार्टीभित्र रहुन्जेल कहिले पनि सम्मानको दृष्टिकोणले हेर्न नसक्नेहरुले म पार्टीबाट बाहिरिँदा रोईला गर्नुपर्ने कारण केहि छैन । मैले पार्टी प्रवेश सिर्फ राजेन्द्र दाईलाई हेरेर गरेकी हुँ । तर, पार्टीभित्रको आन्तरिक हानथाप देखेर म त छक्कै परेँ ।

तसर्थ यो दलदल मेरा लागि ठीक नहुने अकाट्य सत्यलाई मनन गर्दै मैले दाईसँग अनुमती मागेरै बाहिरिँदा आज धर्मको नाममा राजनीति गरेर पेट पाल्नेहरुको ईलाकामा खतराको बम विस्फोट भएको छ । हलचल पैदा भएको छ । राप्रपाले हिन्दु राष्ट्रको माग गरेको छ । यो राम्रो हो मेरो नजरमा ।

तर, के धर्मको मन्दिर अगाडि ठिंग उभिएर कसैको चरित्रहत्या गर्नु, बेईजत गर्नु, मानमर्दन गर्नु भनेर धर्मले सिकाएको छ ? राजेन्द्र लिङ्देनको शालिनतामाथि टेकेर अपराधको कित्तामा खडा गर्नेहरुले राम्रैसँग कान खोलेर सुने हुन्छ । तिमीहरु बिग्र, नासिउ त्यो मतलब छैन । राजेन्द्र दाईलाई काम गर्न देउ । अब त म स्वतन्त्र छु, मलाई बेकारमा चलाउने भुईफुटेहरुलाई ड्याङ कि ड्याङ बजाईदिन्छु ।

राप्रपाको समाजिक विभाग प्रमुख ज्वाला संग्रौलाले सो पार्टी त्याग गर्दा दिएको पत्र उनकै फेसबुक वालबाट

प्रतिक्रिया