समाज रुपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ : अध्यक्ष झा

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समाज रुपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाले आज आयोजना गरेको ‘सम्मान एवं असार १५’ कार्यक्रममा अध्यक्ष झाले समाज रुपान्तरणका लागि स्वच्छ, निश्पक्ष र विश्वसनीय पत्रकारिताको आवश्यकता औँल्याए ।

उनले भने, ‘पत्रकारिता, लोकतन्त्र र सुशासन नहुँदा समाज रुपान्तरण हुन सक्दैन, त्यसैले यी तीन पक्षलाई बलियो बनाउन आवश्यक छ ।’ कार्यक्रममा शाखाले राससमा कार्यरत कर्मचारी तथा पत्रकारका छोराछोरीलाई ‘एसइई उत्तीर्ण (विसं २०७७) सम्मान’ प्रदान गरेको थियो ।

सोही अवसरमा राससका महाप्रबन्धक सिद्धराज राईले बालबालिकाको गुणस्तरीय शिक्षामा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउँदै उनीहरूका इच्छाअनुसार नै शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।

शाखाकी अध्यक्ष पवित्रा गुरागाईंले सम्मानित विद्यार्थीलाई आगामी दिनका लागि उज्वल भविश्यको कामना गर्दै आफ्नो कर्तव्यबाट विमुख नहुन पनि आग्रह गरिन् ।

यस वर्ष सम्मानित हुनेमा स्वेच्छा थापा, अंकुरा पाण्डे, उन्नति सिल्वाल, प्रकृति अधिकारी, अमोघगोपाल रिसाल, सुप्रिया अधिकारी र जीवनबिमा सिंह रहेका छन् ।

प्रतिक्रिया