‘माओवादीका सबै धाराहरू एकीकृत हुन आवश्यक छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका यसअघिका सबै धाराहरू एकीकृत हुन आवश्यक रहेको बताएका छन् । आज पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा ‘क्रान्तिका लागि’ भन्दै बाहिरिएका माओवादीका केही साथीहरू अहिले तिनैमध्ये कतिपय साथीहरू फर्किन थालेको बताए ।

विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै उनले भने, ‘क्रान्तिको खोजीमा, परिवर्तन र रूपान्तरणका निम्ति भन्दै उहाँहरू मूल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,’ उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने ।

अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य सहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गराएका छन् । पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरूले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए।

पुन महाकाली ब्युरो इन्चार्जसमेत हुन् । यस्तै, पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्यरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन् । पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्जसमेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन्।

प्रतिक्रिया