यी हुन् वामदेव गौतमको नयाँ पार्टीका केन्द्रीय सदस्यहरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार दिउँसाे ३ बजे कार्यक्रमकाे आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् ।

तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।

यी हुन् केन्द्रीय सदस्यहरू 

गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय समितिमा रहेका अन्यमा गौतमसहित तोफा यादव, ज्ञानुमाया रिजाल, दिपक कुमार टमाटा, कमल बस्नेत, रवि खाँ, मो. शेरवागवान, उदयराज अधिकारी, इमानसिंह भारती, युवराज पौडेल, महेन्द्र अर्याल, डिल्ली भट्टराई, रामप्रकाश अधिकारी, नवराज ढुंगाना, ओम चालिसे, डिबी कार्की, डा कुमार आचार्य, भगवती विष्ट, डा प्रकाश मान श्रेष्ठ, दीपेश न्यौपाने, हरिबन्दु गुम्ता, शम्भु पाण्डे, देवी ओझा, गोपी गिरी, दुर्गा भण्डारी, धनञ्जय खनाल रहेका छन् ।

यस्तै डा. रमेश खरेल, पविता लिम्बु, युवराज सफल, द्वारिका निरौला, तेजबहादुर कार्की, भगवती ढकाल, विष्णुराज अर्याल, कृष्णगोपाल बञ्जारा, गुणबहादुर बञ्जारा, सुरेशरत्न बज्राचार्य, मीननाथ देवकोटा, सरस्वती न्यौपाने, सरस्वती अधिकारी, निलकण्ठ पौडेल, नवीन ढकाल, रामचन्द्र भण्डारी (कुमार), प्रमोद उपाध्याय, रामकृष्ण चौलागाईँ, उर्मिला श्रेष्ठ, रामबहादुर भण्डारी, राजकुमार हुमागाईं, राधेश्याम गुप्ता, कुन्ती पाठक, मञ्जु गुरुङ, हरि काफ्ले, लोकनाथ धमला, लोम्साङ शेर्पा, गीता थापा, डोलराज अर्याल, रवीन्द्र बम, सञ्जय अधिकारी, नीमकान्त पाण्डे, रामकुमारी महर्जन, डोलराज अर्याल, प्रवेश महत क्षेत्री, डा. केशवराज खड्का, ज्योती गिरी, अप्सरा उप्रेती, मेनका कार्की, शोभा पाठकलगायत पनि केन्द्रीय समितिमा रहेका छन् ।

प्रतिक्रिया