एकीकृत समाजवादीका नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं । एकीकृत समाजवादीका नवनियुक्त चार मन्त्रीहरू र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् ।

यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) लाई फिर्ता बोलाएको थियो ।

उनीहरुले आइतबार मन्त्री पदबाट राजीनामा दिएपछि ती नवनियुक्त चार मन्त्रीहरुले आज शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया