‘आदिपुरुष’ मा प्रभास

मुम्बई । बलिउड चलचित्र ‘आदिपुरुष’ मा दक्षिण भारतीय अभिनेता प्रभास रामको भूमिकामा देखिने भएका छन् । ओम राउतले निर्देशन गरिरहेको उक्त चलचित्र हिन्दू धर्मको महाकाव्य रामायणमाथि आधारित रहेको छ । यो चलचित्रमा प्रभासले रामको भूमिका निभाउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा प्रभाससँगै अभिनेत्री कृति सेनन र अभिनेत्री सैफ अलि खानको समेत अभिनय छ । चलचित्रमा कृति सीताको भूमिकामा र सैफ लंकेशको भूमिकामा देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


‘आदिपुरुष’ भारतीय सिनेमा क्षेत्रमै बढी बजेटमा बन्न लागेको ऐतिहासिक चलचित्र हो । यसको कूल बजेट ५ सय करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । सन् २०२३ जनवरी १२ मा प्रदर्शनको घोषणा गरिएको चलचित्र सोहीअनुसार छायांकनको क्रममा रहेको छ । चलचित्र हिन्दीसँगै तमिल, कन्नड, तेलुगु लगायतका भाषामा प्रदर्शन हुने बताइएको छ ।

प्रतिक्रिया