अखिल नेपाल महिला संघ (समाजवादी) को तेस्रो पूर्ण बैठक सुरु

काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) को तेस्रो पूर्ण बैठक सुरु भएको छ । आइतबार सुरु भएको उक्त बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।

बैठकमा अध्यक्ष नेपालले हरेक प्रतिस्पर्धामा सफल हुन मिहेनत गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘अब महिला प्रतिस्पर्धाको मैदानमा तपाईं महिलाहरु अगाडि आउनुस्, तपाइँको क्षमता, स्कृयता र भूमिकाको आधारमा मुल्यांकन हुनेछ, त्यसमा तपाइँहरुले स्रेष्टता हासिल गर्नुपर्छ ।’

अध्यक्ष नेपालले आफ्नो जिम्मेवारी पूरा गर्ने काममा महिलाहरु अगाडि बढेर त्यसैको आधारमा मुल्यांकन हुने बताए ।

उनले भने, ‘त्यो काम भनेको जनताको काममा कति लाग्नुभयो त्यसैको आधारमा मुल्यांकन हुन्छ, महिलाको अधिकार प्राप्तिका लागि आफ्मो जिम्मेवार भुल्नु हुँदैन, नेपालमा कम्युनिस्टको जनमत धेरै छ, तर अझै त्यतिले पुग्दैन, सहि कम्युनिस्ट पार्टी कुन हो त्यसलाइ बुझ्नुपर्छ ।’

अध्यक्ष नेपालले हामीले बुझ्ने कुरा हाम्रो समाज र विश्व कस्तो छ भन्ने कुरालाइ मार्क्सवादी दृश्टीका आधारमा बुझ्नुपर्ने बताए । त्यस्का लागि हरेक कार्यकर्तामा अध्ययन हुनुपर्ने उनले बताए ।

समाजको वर्गीय दृष्टिलाई सही ढंगले बुझ्नु आवश्यक रहेको अध्यक्ष नेपालले बताए । साथै, समाजमा भएका महिला हिंसाको घटनाका विरोधमा अनेमसंघ सक्रिय हुनुपर्ने उनको भनाइ छ ।

तर, अनेमसंघले त्यसो गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसमा पहल गर्नुपर्ने बताए । महिलामा भएका सबै प्रकारका अन्यायलाई आफूमाथि भएको ठानेर आवाज उठाउनुका साथै धर्ना, जुलुस तथा प्रदर्शन गर्न उनले आग्रह गरे ।

अध्यक्ष नेपालले हिजोका दिनमा एमालेमा आएको विचलन र केपी शर्मा ओलीको गलत व्यवहार र सोचले पार्टीमा रहन समस्या उत्पन्न भएपछि विभाजन गर्नुपरेको बताए ।

उनले भने, ‘केपी ओलीमा व्यक्तिवादी अहंकार र तानासाही प्रवृत्ति बढ्दै जाँदा आफ्नालाई मात्रै पार्टीको नाम ठान्ने, दासको घेरामा पार्टी चलाउन थालेपछि हामीले कम्युनिस्ट पार्टी जोगाउन र संविधानको रक्षा गर्न विद्रोह गरेका हौँ ।’

अध्यक्ष नेपालले पार्टी विभाजनका बेला कथित १० भाइले अनेक बखेडा गरेको बताउँदै जेठ २ मा फर्कने भन्दै अवसरको पछि लागेर एमालेमा नै बसेको उल्लेख गरे ।

‘हामीले यो पार्टी विभाजनको छोटो समयमा धेरै काम गरेका छौँ, पार्टीलाई विधान र विधिमा चलाएका छौँ, सामुहीक छलफल र निर्णयका आधारमा पार्टी चलेको छ’, उनले भने । साथै, अध्यक्ष नेपालले निर्वाचनमा गठबन्धन आवश्यक भएको र गठबन्धनले राम्रो परिणाम दिएको बताए ।

उनले भने, ‘निर्वाचनमा गठबन्धन आवश्यक थियो, त्यसले राम्रो परिणाम दिएको छ, कहीँ कतै समस्या भए होलान्, त्यसलाई आगामी दिनमा व्यवस्थापन गरेर जानुपर्छ, पार्टी सही ढंगले चलेन भने के हुन्छ ? एमालेमा हेरे हुन्छ, २०८७४ मा त्यत्रो सिट जितेको पार्टिको हालत अहिले कहाँ पुग्यो ?’

एमालेले एमसीसी सम्झौता जस्ताको तस्तै पास गर्न खोजेको, तर आफूहरुले त्यसो हुन नदिएको नेपालले बताए । उक्त बैठकमा राष्ट्रियभामा निर्वाचित चार जना महिलार सांसद र स्थानीय निकायको प्रमुख उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई पार्टी अध्यक्ष नेपालले सम्मान गरे ।

प्रतिक्रिया