सिलवालको बाको कोट

काठमाडौं । कवि राजन सिलवालको तेस्रो कृति ‘बाको कोट’ लघुकथा सङ्ग्रह शनिबार राजधानीमा सार्वजनिक गरिएको हो । साहित्यकार देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रूपमा उक्त कृति विमोचन गरे ।

सिलवालका यसअघि दुई कृति ‘जीवनका इन्द्रेणी’ कविता सङ्ग्रह र ‘दुई हजार सोह्र पाइला’ मुक्तक सङ्ग्रह प्रकाशित भएका छन् । उक्त पुस्तकमा १०४ लघुकथा समावेश छन् । पुस्तकको समीक्षा गर्दै प्रा डा भरतकुमार भट्टराई र रामहरि गैरेले कृति पठनीय रहेको बताए ।

प्रतिक्रिया