एनआरटीले संकटालाई हरायो

काठमाडौं । न्युरोड टिम (एनआरटी)ले संकटा क्लबलाई पराजित गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा एनआरटीले ‘ए’ डिभिजन लिग प्रतिद्वन्द्वी संकटालाई ३–२ ले हराएको हो । खेलको १५औँ मिनेटमा आशिष सुमनले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा एनआरटीका कप्तान रन्जित धिमालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

४७औँ मिनेटमा मोसेसले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । ५८औँ मिनेटमा एनआरटीका स्टेफेन समिरले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ६०औँ मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई ३–२ को जित दिलाए ।

प्रि–सिजन टुरअन्तर्गत मलेसिया र थाइल्यान्ड भ्रमणअघि एनआरटीले मैत्रीपूर्ण खेल खेलेको हो । एनआरटीले मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्नेछ । यस्तै, थाइल्यान्डमा तीन मैत्रीपूर्ण खेल खेल्ने जनाइएको छ ।

प्रतिक्रिया