मन्त्री परिर्वतन गर्न प्रधानमन्त्रीलाई पुनः दबाब दिने निर्णय

एकीकृत समाजवादीकाे केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल परिर्वतनका लागि पठाएका नामहरु केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेको छ । काठमाडौंमा बसेको बैठकले मन्त्रीमण्डल परिर्वतनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः दबाब दिने निर्णय गरेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता जगनाथ खतिवडाले अब मन्त्रीहरुमा सिफारिस भएको नाममा कुनै पनि परिर्वतन नहुने बताए ।

उनले मन्त्रीमा सिफारिस भएका व्यक्तिहरुको नाम परिर्वतन नहुने र आवश्यक परे पछि थपघट गर्न सकिने बताए । हाल मन्त्री रहेकाहरुले भने आफूहरु बर्हिगमन हुँदा समावेशी आधारमा मन्त्री बनाउनुपर्ने भन्दै बैठकमा नयाँ व्यक्तिहरुको नाम प्रस्ताव गरेका थिए । यसरी आएका नामहरु अहिले समावेश नहुनेतर्फ संकेत गर्दै खतिवडाले यस्तो जवाफ दिएका हुन्। एकीकृत समाजवादीले ६ महिनाका लागि सुरुमा मन्त्री बनाएकाले उनीहरुलाई फिर्ता गर्दै नयाँ मानिसहरु पठाउने भन्दै केही दिनअघि नाम सिफारिस गरेका थियो।

प्रतिक्रिया