बालुवाटार बैठकमा किन हरायो मन्त्री हेरफेरको प्रस्ताव ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार गठबन्धनका शीर्ष नेताको बैठक मन्त्री हेरफेरको एजेण्डा छाडेर एकाएक शान्ति प्रक्रियातिर मोडियो ।

तर, यसभन्दा अघि नै दलहरुबीच सहमती भई शान्ति प्रक्रियालाई निष्कर्षका पुर्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भइसकेको छ ।

कतिपय विषयमा काम भइसकेको छ । आयोगहरु बन्दै पदाधिकारीको म्याद थप्दै गर्ने गरेको थियो । धेरै काम भइसकेका विषय बुधाबारको बैठकमा अचानक आउन जुरुरी थिएन ।

यी दुवै आयोगमा रिक्त पदाधिकारी चयन गर्नूभन्दा सरकारको अर्को कुनै काम छैन । यो कुनै आपतकालीन विषय पनि थिएन ।

तर, अघिल्ला दिनहरुमा चर्चासम्म नभएको शान्ति प्रक्रिया पुरा गर्ने निर्णय गरेर पाँच दलीय गठबन्धनका शीर्ष नेताको बुधबारको बैठक सकियो ।

किन अचानक मोडियो शान्ति प्रक्रियातर्फ शीर्ष बैठक ?

धेरैले अनुमान गरेका थिए पाँच दलीय गठबन्धनका नेताहरुले आज मन्त्रीमण्डल हेरफेर गर्नेबारे निर्णय गर्ने छन् । विशेष गरी मन्त्री फेरबदलको नामै बुझाएका एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै असन्तुष्टिको आगो ओकल्ने छन् ।

तर, न बैठक यसरी बस्यो न नेपालले असन्तुष्टिको आगो ओकले । बैठक स्रोतका अनुसार माधव नेपालले बैठकमा कुनै विषय प्रवेश नगरी प्रधानमन्त्री देउवको कानमा साउती गरेको मात्र देखियो ।

तर, यो विषय बैठकमा कुनै औपचारिक रुपमा प्रवेश पाएन । सायद मन्त्री हेरफेरको विषय बुधबारको बैठकमा यही साउतीमा सकियो ।

कांग्रेस र माओवादीको खेलमा ‘समाजवादी शिकार’

स्रोतका अनुसार पाँच दलीय गठबन्धनको बैठक बस्नुअघि प्रधामनन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य भेट भएको थियो ।

झण्डै आधा घण्टा वान टु वान भेटमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको थियो । प्रचण्डले अहिले नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेर गर्ने हो भने आफूलाई मन्त्री बनाइदिनका लागि पार्टीमा थेगी नसक्नु दबाब पर्ने गुनासो राखेका थिए ।

प्रधानमन्त्री देउवाले पनि कांग्रेसमा मन्त्री हेरफेरका ठूलो दबाब आफूलाई रहेको बताएका थिए । बालुवाटार स्रोतका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न छोडेर माओवादी अध्यक्षबाट फुत्त शान्ति प्रक्रियाको काम सम्पन्न गर्नुपर्ने प्रस्ताव आयो ।

मन्त्री हेरफेरको विषय बालुवाटारमा गायब भएपछि एकीकृत समसाजवादी लगायत गठबन्धनका अन्य नेता मुखामुख मात्र गरिरहे । विशेष गरी यो बैठकमा माओवादी र कांग्रेस मिलेर माओवादीको शिकार गरेको टिप्प्णी समेत चर्चामा आयो ।

प्रतिक्रिया