इयू सम्मेलन अगाडि आक्रमणलाई तिव्रता दिँदै रुस

मस्कों । यसै हप्ता हुने भनिएको युरोपियन युनियन (इयू) को शिखर सम्मेलन अगाडि रुसले पूर्वी युक्रेनका शहरहरु माथिको आक्रमणलाई तिव्र बनाउँदै लगेको छ । यसै हप्ता हुने भनिएको इयू शिखर सम्मेलनले युक्रेनलाई आफ्नो ‘ब्लक’ मा सामेल गर्ने अपेक्षा गरिएको छ ।

पूर्वी युक्रेनको लुहान्स्क शहरका गर्वरनरलाई उद्ध्रृत गर्दै अन्तर्राष्टिय संचार माध्यम रोयटर्सले जानाकारी गराए अनुसार सोमबार मात्र पनि रुसले पूर्वी युक्रेनका केही भागहरु आफ्नो कब्जामा लिएको छ । उनका अनुसार रुसले हाल अजोट केमिकल प्लान्ट बाहेक सिभिएरोडोनेत्स्कको अधिकांश भागहरु कब्जामा लिएको छ ।

अजोट केमिकल प्लान्टमा हाल ३८ बालबालिकासहित ५०० भन्दा बढी युक्रेनी नागरिकहरुले आश्रय लिइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । यस्तै युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सोमबार मध्यराति राष्ट्रको नाममा संबोधन गर्दै इयू सम्मेलनको अगाडि विशेष गरी बिहीबार र शुक्रबार रुसले आक्रमणलाई थप तिव्रता दिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्वी युक्रेनका सेभेरोडोन्स्टेक, लुहान्स्क र लाइसान्सक शहर हाल गम्भिर परिस्थितीबाट गुज्रिरहेको भ्लादिमिरको भनाई छ ।

प्रतिक्रिया