बेलायती राजकुमारले सडकमा पत्रिका बेचेपछि…

लन्डन । बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बेचेका छन् । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेचेका हुन् ।

३९ वर्षीय ड्युक अफ क्याम्ब्रिजले पत्रिका विक्रेताको भेस्ट लगाएका थिए । एउटा हातमा पत्रिका लिँदै उनले बाटोमा हिड्ने व्यक्तिलाई बिग इस्युको पछिल्लो संस्करण पाए–नपाएको बारेमा सोधेका थिए ।

बेलायतको राजगद्दीमा दोस्रो वरियतामा रहेका विलियमल जुनको सुरुमा वेस्ट मिनिस्टर स्ट्रिटमा पत्रिका बेचेका देखिन्थे ।

एक सम्भावित नयाँ ग्राहकले आफूसँग म्यागेजिन किन्न ५ डलर नभएको बताएपछि, राजकुमारले लेनदेनमा सजिलो होस् भनेर इलेक्ट्रोनिक मोबाइल क्रेडिट कार्ड मेसिन निकालेका थिए ।

उनकी दिवंगत आमा राजकुमारी डायना जस्तै विलियम पनि घरबारविहीन समुदायलाई लामो समयदेखि सहयोग गर्दै आएका छन् । घरबारविहीनहरुको अवस्था बुझ्न किशोरावस्थामा उनी एक दिन लन्डनको एउटा सडकमा रात बिताएका थिए ।

‘म ११ वर्षको हुँदा मेरी आमासँग घरबारविहीन आश्रयमा गएँ’, सोमबारको अंकमा उनले लेखेका छन् । सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा मृत्यु भएकी राजकुमारी डायनाले घरबारविहीनता, एड्स, कुष्ठरोग र बारुदी विस्फोटलगायत अन्य कारणहरूका बारेमा चेतना जगाउने परोपकारी संस्थाहरूको लागि काम गरेकी थिइन् ।

प्रतिक्रिया