नेपालमा फोहोरमैला व्यवस्थापन किन हुन सकेन ?

मानधोज मोक्तान

आधुनिक नेपालको राजधानी हो काठमाडौं । विज्ञान प्रविधि र सञ्चारका कारण विश्वसँग प्रत्यक्ष सम्बन्ध हुने काठमाडौं फोहोर व्यवस्थापन गर्न नसकेर गन्हाइरहेको छ । विदेशीहरूले नेपाल भनेर चिन्ने नै काठमाडौं हो । तर गन्हाइरहेको छ, काठमाडौं । काठमाडांै गन्हाएको हो कि ? देश गन्हाएको हो ? हामीले मानेका दौरासुरुवाल र टोपी लगाउने मुखुण्डोधारी नेताहरू गन्हाएका हुन् ? नेताहरू मात्र होइन यो देशको नीतिनिर्माता प्रशासक, विज्ञ बुद्धिजीवी भन्नेहरू सबै गन्हाएका होइनन् ? काठमाडौंको जाबो फोहोर व्यवस्थापन गर्न नसक्नु लाज र सरमको विषय होइन ?

राणाशासनकालमै काठमाडौंको सरसफाइको लागि एउटा सफाइ अड्डा स्थापना भएको इतिहास छ । जसलाई काठमाडौं महानगरपालिकाको प्रारम्भिक सांगठानिक स्वरूप पनि भन्ने गरिन्छ । ०२९ सालमा प्रथमपटक मैले काठमाडौंमा पाइला टेकेको हुँ । त्यतिबेलाको स्मरण अहिले पनि ताजा छ । त्यतिबेलासम्म पनि काठमाडौं ठीक थियो जताततै पानीको धाराहरू थिए । सुन्धारामा मैले पनि नुहाएको छु । यस हिसाबले महेन्द्रको शासनकालसम्म पनि काठमाडौं ठीकठीकै थियो ।

जब ०४६ सालमा नेपालका राजनीतिक दलहरू मिलेर राजाको पञ्चायती शासन फालेर बहुदलीय व्यवस्था स्थापना गरे तब काठमाडौं अस्तव्यस्त हुन थाल्यो । त्यहीबेलादेखि हरचिज भत्किन र बिग्रन थाल्यो । काठमाडौंका धाराहरू सुक्न थाले । बरु पञ्चायतकालमै काठमाडौंको फोहोर व्यवस्थापनका लागि जर्मन प्रविधिको मल कारखाना टेकुमा स्थापना भएको थियो । गणतन्त्रपछि त्यो पनि सम्हाल्न जानेनन् र भत्कियो ।

राजनीतिक स्वतन्त्रपछि गाउँ बस्तीका गरिब जनता अवसरको खोजीमा सहर केन्द्रित हुन थाले । परिणाम सहर अस्तव्यस्त देखिन थाले घना जनसंख्या बृद्धिको कारण फोहोरको समस्या उत्पन्न हुन थाल्यो । यसको दीगो व्यवस्थापनबारे सोच्ने कोही भएनन् । त्यसैको परिणाम अहिलेको दुर्गन्धित काठमाडौं हो । आधुनिक नेपालको राजधानी हो काठमाडौं । विज्ञान, प्रविधि र सञ्चारका कारण विश्वसँग प्रत्यक्ष सम्बन्ध हुने काठमाडौं फोहोर व्यवस्थापन गर्न नसकेर गन्हाइरहेको छ । विदेशीहरूले नेपाल भनेर चिन्ने नै काठमाडौं हो । तर गन्हाइरहेको छ, काठमाडौं ।

काठमाडौ गन्हाएको हो कि ? देश गन्हाएको हो ? हामीले मानेका दौरा सुरुवाल र टोपी लगाउने मुखुण्डोधारी नेताहरू गन्हाएका हुन् ? नेताहरू मात्र होइनन् यो देशको नीतिनिर्माता, प्रशासक, विज्ञ, बुद्धिजीवी भन्नेहरू सबै गन्हाएका होइनन् ? काठमाडौंको जाबो फोहोर व्यवस्थापन गर्न नस्क्नु लाज र सरमको विषय होइन ? किन यो देशका नेता भनाउँदा र ठूला ठूला पद ओगटेर बसेकाहरूलाई लाज नलागेको होला ? किन कुरीकुरी नलागेको होला ? मुलुकको नीतिनिर्माण तहको माथिल्लो ओहोदामा रहनेहरू प्रायः सबै कुनै न कुनै विषयमा विदेश भ्रमण गएकै हुन्छन् र भत्ता पचाएकै हुन्छन् । तर त्यहाँ विदेशमा देखेर आफ्नो देशमा बग्रेल्ती बिग्रेको अवस्थाप्रति केही गरौँ अथवा गर्नुपर्छ भन्ने चेतचाहिँ छैन ।

काठमाडौं फोहोरमैला व्यवस्थापन गर्न नसकेको आजको स्थिति सम्पूर्ण नेपालीको सरमको विषय हो । मलाई थुक्न मन लाग्छ यी सबैप्रति । काठमाडौंको यस्तो हविगत हुँदासम्म राज्यको तर्फबाट केही नगरी महानगरपालिकाको मात्र जिम्मेवारी ठान्ने यो देशका नीतिनिर्माताहरू अन्धा हुन । सन् १९६२ मा चीनसँग युद्धमा शर्मनाक हारपछि भारतीय जनरल के सुन्दर जी ले एउटा ‘ल्बिन्ड म्यान अफ हिन्दुजम’ भनेर । नेपाल आज त्यस्तै वुद्धिहीन अन्धाहरूको इशारामा चलेको छ ।

साँच्चै नेपालमा फोहोरमैला व्यवस्थापन गर्न दृढता इमानदारी र देशको माया छातीमा राखेर गर्नुपर्छ । फोहोरमैला व्यवस्थापनमा माफिया मैलाएका छन् । किन काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा देशी वा विदेशी प्राइभेट कम्पनीलाई दिन चाहँदैन ? वार्षिक ९५ करोड खर्च गरिरहने ? फोहोरबाट प्रांगारिक मल, बायो ग्यास बिजुली उत्पादन गर्न सकिन्छ भन्ने महानगगर प्रमुखलगायत कर्मचारीलाई ज्ञान छैन ? प्राइभेटमा गए खल्ती सुक्छ भन्ने डरले पनि अनेक बहानामा प्राइभेट कम्पनीलाई दिँदैनन् । तीन वर्षअघि नै काठमाडौं फोहोर व्यवस्थापन प्राइभेट कम्पनीलाई दिएको भन्ने पत्रपत्रिकामा पठेको हो । त्यसको खोजी कसले गर्ने ?

प्राइभेट कम्पनीलाई काठमाडौंको फोहोर व्यवस्थापन जिम्मा दिएको खण्डमा अर्बांै आम्दानीको सोत बन्नेछ । काठमाडौं वास्तविक जनसंख्याको तथ्यांक सायद कसैसँग छैन । जनसंख्याको आधारमा पनि फोहोरको अनुमान गर्न सकिन्छ । तर, हाल काठमाडौंमा कम्तिमा पनि १ हजार २ सय टन दैनिक उत्पादन हुने मान्यौँ भने पनि वार्षिक ४ लाख ३८ हजार टन हुन आउँछ । विभिन्न संघसंस्थाको कागजी रिपोर्टमा अग्र्यानिक फोहर ६५ प्रतिशत र नसड्ने फोहर ४५ प्रतिशत मात्र मान्यौँ भने वार्षिक १ लाख ९७ हजार एक सय टन प्रांगारिक मल उत्पादन हुन्छ । जसलाई केजीको १२ रुपैयाँले बिक्री गर्दा पनि २ अर्ब ३६ करोड ५२ लाख रुपैयाँ मलबाट आम्दानी गर्न सकिन्छ । यसैगरी भने कवाडीबाट १२ सय टनको प्रतिकेजी केजी ११ ले हुने २४ करोड आम्दानी गर्न सकिन्छ । त्यसै गरी बायो ग्यासबाट १२ टनको ९० रुपैयाँ प्रतिकेजीको दरले बिक्री गर्दा २३ करोड ७९ लाख ४५ हजार ६ सय रुपैयाँ आम्दानी गर्न सकिन्छ । यसरी काठमाडौंको फोहोर व्यवस्थापनबाट वार्षिक कुल २ अर्ब ८४ करोड ४० लाख ४५ हजार ६ सय रुपैयाँ आम्दानी गर्न सकिन्छ । यसो गर्नाले बर्सेनि मलको लागि बाहिर जाने अर्बांै रुपैयाँ रकम बच्छ । बेरोजगारीको समस्या समाधान हुन्छ । राष्ट्रको ढुकुटीमा वृद्धि हुन्छ ।

यसरी हेर्दा नगरपालिकाहरूको फोहोर व्यवस्थापन सरकारको क्षमता पुग्ने भए आपैmँ नत्र देशी कम्पनीहरूलाई जिम्मा दिँदा राम्रो हुन्छ । यसो गर्दा फोहोर व्यवस्थापन पनि हुने र देशलाई चाहिने प्रांगारिक मल पनि उपलब्ध हुने देखिन्छ । काठमाडौं महानगरबाट मात्र वार्षिक १ लाख ७० हजार ९० टन हुन्छ । त्यसैगरी विराटनगर, पोखरा, वीरगञ्ज, भैरहवा, बुटबल, दाङ, तुल्सीपुर झापा, गर्दा देशलाई आवश्यक पर्ने प्रांगारिक मल देशभित्रै उत्पादन गर्न सकिन्छ । पोखरा गण्डकी ऊर्जाका प्रमुख वातावरणविद कुशल गुरुङका अनुसार नेपालको लागि आवश्यक कृषि मल नेपालमै उत्पादन हुन सक्छ । देशभरीका नगरपालिकाहरूमा आपैmँ फोहोर व्यवस्थापन गरी देशलाई पुग्ने मल उत्पादन गर्न सकिन्छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पूर्वमा कनकाई, दमक, धरान र इटहरी पश्चिममा दाङ, धनगढी र सुर्खेतसम्म कहीँ ३०, ४०, ६० घनमिटरको बायो ग्यास प्लान्ट निर्माण भइसकेको छ भने कहीँ निर्माणाधीन अवस्थामा छ ।

इटहरीमा तयार भई सञ्चालनमा आएको छ जसबाट वार्षिक २ हजार १ सय ९० टन प्रांगारिक मल उत्पादन हुन्छ र बायो ग्यास २ लाख ९२ हजार केजी उत्पादन क्षमताको सञ्चालनमा छ । यस्ता कुराहरू खोज नगरी निकम्मा सरकार र तिनका मन्त्रीहरू रासायनिक मल कारखाना स्थापना गर्ने कुरा गर्छन् त्यो आवश्यक छैन । नेपालको कर्मचारीतन्त्र, विज्ञ र मन्त्रीहरू पनि गाउँमा गएर वस्तुस्थिति बुझेर त्यहाँ के गर्नु आवश्यक छ भन्ने सोच्दैनन् । देशको बस्तुस्थिति बुझेर मात्र कुनै पनि काम देखिने हुन्छ र देशहितमा पनि हुनेछ । अभिजित भी वेनर्जी जसले गरिब गाउँमा बसेर उनीहरूको बास्तविक मर्म बुझेर काम गरे, अनि परिणाम निकाले । त्यसैको परिणाम हो उनको ‘दि पुअर इकोनोमिक्स’ जसले उनलाई नोबेल पुरस्कार दिलायो । नेपालमा पनि बास्तविक मर्म बुझेर काम गर्दा परिणाम निस्किन्छ ।

अन्तमा काठमाडौं महानगरको फोहोरबाट प्रांगारिक मल, बायो ग्यास उत्पादन गर्ने कारखाना निर्माण गर्न महानगरपालिका प्रदेश सरकार र संघीय सरकार सबै लाग्नुपर्छ । यसमा सहयोग गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र लगायतका निकाय तथा संस्थाहरू तत्पर छन् । यसतर्फ अविलम्ब कदम चाल्नुपर्छ । अरू इन्सुलेटरद्वारा फोहोर जलाउने भन्ने कुरा हाम्रो जस्तो देशको सन्र्दभमा उपयोगी छैन । नेपालमा भएका यससम्बन्धी विज्ञहरूलाई बोलाई सल्लाह लिई मेयर बालेन शाह अघि बढ्नुपर्छ । सिंगापुर त्यसै भएको हो र ? सबैले लि.क्वान.यू. पढ्नुपर्छ र उनले सिंगापुर बनाउनु के गरे त्यो हेरेर पनि काम गर्ने आँट गर्नुपर्छ ।

प्रतिक्रिया