प्राइमलाइफ इन्स्योरेन्स १५ औं बर्षमा

काठमाडौ । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी आइतबार १४ बर्ष पुरा गरी १५ औ बर्षमा प्रवेश गरेको छ । १५औँ बर्षमा प्रबेश गरेको अवसरमा कम्पनीले संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत सिरहाको सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं १ रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ भाडा कुडा हस्तान्तरण गर्यो ।

हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्ने पनि उल्लेख छ । कम्पनीले आफ्ना ग्राहकको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया