नेपाल अल स्टार्ससँग ४ विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्नका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली बिहीबार राति सम्पन्न पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा अल स्टार्सका कप्तान पृथु बास्कोटाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरेको थियो । नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि आरिफ शेखले सबैभन्दा धेरै ६० रन बनाएका थिए । विनोद भण्डारीले २६ रन बनाउँदा देब खनालले २० रन बनाए । करण केसीले २१, रोहितकुमार पौडेलले १६, आदील अन्सारीले ९, कप्तान सन्दीप लामिछानेले ७, सुनिल धमलाले ४, सोमपाल कामीले २, आसिफ शेखले एक रन बनाउँदा कुशल भुर्तेलले रनको खाता खोल्न सकेनन् ।

नेपाली अल स्टार्सका मार्टे कैनले तीन विकेट लिए । आदील भट्टी र मोहम्मद इलियासले समान दुई विकेट लिए । हरमीत सिंह र विपुल शर्माले एक एक विकेट लिए ।
१९१ रनको लक्ष्य पूरा गर्नेक्रममा नेपाली अल स्टार्सका विपुल शर्माले ५० रन बनाए । आन्द्रेस गोउसले ४५, गौरब बजाजले अविजित ४०, उदय कौलले १३, मार्टे कैनले १२ र नितिश कुमारले ९ रन बनाए । हेथ रिचार्डस् १० रनमा अविजित रहे ।

नेपालका कप्तान सन्दीप लामिछानेले दश ओभरमा एक मेडनसहित ४९ रन दिएर पाँच विकेट लिए । किशोर महतोले एक विकेट लिए । नेपालले आईसीसी विश्वकप लिग–२ मा अमेरिका र ओमानसम्मिलित त्रिदेशीय शृंखला खेल्नुअघि दुई अभ्यास खेल खेल्न लागेको हो । नेपालले दोस्रो खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ ।

प्रतिक्रिया