‘आँधी तुफान २’ को शीर्ष गीत सार्वजनिक (भिडियाे)

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सुवानी मोक्तानको स्वर, सुरेश अधिकारीको संगीत र हरि उप्रेतीको शब्द गीतमा छ । गीतले फिल्मको कथा भनेको निर्माण मौनता श्रेष्ठले बताए । अवी वाग्लेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई भारतको गोवामा खिचिएको हो । भिडियोमा फिल्मका मुख्य ३ अभिनेत्री आरती आचार्य, यांशु श्रेष्ठ र सोनी बिसी बोल्ड अवतारमा प्रस्तुत भएका छन् ।

फिल्म २० साउनबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । मदन घिमिरेको निर्देशन रहेको फिल्मले नारी शक्तिको कथा भन्छ । मौनता श्रेष्ठको लेखन तथा निर्माणमा तयार फिल्म ओम साई भक्त मूभि प्रालिको ब्यानरमा बनेको हो । फिल्ममा रवि गिरी, पुस्कर राउत, सञ्जित भण्डारी, सोनी बिसी, आरती आचार्य, यांशु श्रेष्ठ, विन्दिया ठकुरी, रुपा केसी लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया