गणतन्त्र दिवस : बुटवलमा खुला दौड प्रतियोगिता

भैरहवा । गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ ।

लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार भएको पाँच किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखीक्याम्पस, लौगाईका अजय पाण्डेले जितेका छन् ।

उनले १६ मिनेट ३० सेकेन्डमा पाँच किलोमिटरको दूरी पार गरे। प्रतियोगितामा नविन औधोगिक माविमा ११ कक्षामाअध्ययरत प्रशान्त थापा दोस्रो भए । उनले सो दूरी १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए । त्यस्तै, कालिका मानवज्ञानका राजनबलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गरेका थिए ।

यसैगरी, महिलातर्फ घोराहीकी अनिषाचौधरी प्रथम भईन् । उनले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गरेकी थिईन् । कालिकाकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन। कालिकाकै सन्जना अधिकारी ३० मिनेटमा दूरी पार गरी प्रतियोगितामा तेस्रो भईन् ।

लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधारसँगै खेलकुद गतिविधिलाई अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको परिषद्का सदस्य सचिवजयप्रकाश भट्टराईले बताए ।

खेलाडीहरुलाई आर्थिक रुपमा सबल हुने गरी सरकारको योजना र कार्यक्रमहरु अघि बढेको उनको दाबी छ । प्रतियोगितामाप्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्रबाट आईतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा एक समारोहबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताए । दौडमा रुपन्देही, कपिलबस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मीलगायतका एक सयभन्दा बढी खेलाडीहरु सहभागी थिए ।

प्रतिक्रिया