लुम्बिनी बैंकको ३ शाखाद्धारा सेवा सुचारु

काठमाडौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिग सेवा पु¥याउने उद्देश्यले थप ३ शाखा विस्तार गरी सेवा सुचारु गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८४औँ शाखाको रुपमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बाणी शाखा हो । त्यसैगरी ८५औँ शाखाको रुपमा कैलालीको लम्की र ८६औँ शाखाको रुपमा कैलालीकै मसुरिया शाखा रहेका छन् ।


बैंकको बाणी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हेमराज ओझाले संयुक्त रुपमा गरेका हुन । त्यस्तै लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्कीचुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईले संयुक्त रुपमा गरेका हुन ।


साथै मसुरिया शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशब खतिवडा र गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कँडेलले संयुक्त रुपमा गरेका हुन । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकले थप ३ नयाँ शाखाको उद्घाटन गरेसँंगै सुदुरपश्चिम प्रदेशमा समेत बैंकको राम्रो उपस्थिती रहेको जनाएको छ ।


बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको सुरक्षित बैंकिग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया