मर्जर प्रक्रियाका बीमा कम्पनीलाई कर्मचारी भर्नामा रोक

काठमाडौं । मर्जर प्रक्रियमा रहेका बीमा कम्पनीलाई कर्मचारी भर्नामा रोक लगाइएको छ । पुँजी वृद्धिको नीति ल्याएर मर्जर तथा प्राप्ति गर्न वीमा समितिले भनेसंगै समितिले बीमा कम्पनीहरुलाई नयाँ कर्मचारी भर्ना गर्न रोक लगाएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीलाई नयाँ कर्मचारी भर्नामा रोक लगाइएको बताएका छन । त्यस बाहेकका अन्य कम्पनीलाई समेत नयाँ कर्मचारी भर्ना र शाखा कार्यालय बिस्तार नगर्न भनिएको छ ।

बीमा समितिले गत चैतमा बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो । समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ पु¥याउने निर्णय यो भन्दा पहिले नै गरिसकेको छ । सोही कारण बीमा कम्पनीहरू २०७९ चैत मसान्तसम्ममा पुँजी पु¥याउनु पर्ने दबाबमा रहेका छन ।

हालसम्म ५ बीमा कम्पनीले पुँजी वृद्धिका लागि मर्जरमा जाने बताएका छन । ३ जीवन बीमा कम्पनीले मर्जरका जाने सहमति गरी सम्झौतापत्रमा हस्ताक्षर गरीसकेका छन । २० निर्जीवन बीमा कम्पनीमध्ये २ वटाले मर्जरसम्बन्धी सहमति गरेका छन् । कम्पनीहरूले एक आपसमा गरेका मर्जरसम्बन्धि सम्झौतालाई समितिले सहमति समेत दिइसकेको छ ।

सम्झौता गर्ने कम्पनीहरुमा निर्जीवन बीमातर्फ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स रहेका छन । जीवन बीमातर्फ भने प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स रहेका छन । मर्जर तथा प्राप्तिमा रहेका कम्पनीहरूले अहिले नयाँ कर्मचारी भर्ना गर्दा खर्ब बढी हुने हुनाले सहजिकरणका लागि नयाँ निर्देशन दिएको समितिको भनाई छ ।

प्रतिक्रिया