‘पराजको कारण अन्तर्घात’

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका नेता÷कार्यकर्ताबाट अन्तर्घात भएको धारणा ब्यक्त गरेका छन् । उनले चुनावमा पार्टीको पराजयको मुख्य कारण नै अन्तर्घात भएको दाबी गरे ।

नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले यस पटकको स्थानीय तह निर्वाचनमा अन्य दलमा नभई एमालेभित्रै चर्को अन्तर्घात भएको बताए ।

‘यसपटकको स्थानीय तह निर्वाचनमा अन्य पार्टीभित्र होइन, एमालेभित्र अन्तर्घात भएको छ । एमालेकै नेता÷कार्यकर्ताले आफ्ना उम्मेदवारलाई मत दिएनन् । यस्तो स्थिति किन आयो भन्ने विषयमा गहन समीक्षा हुनुपर्छ,’ सम्बोधनका क्रममा अध्यक्ष ओलीले भनेका छन् ।

अध्यक्ष ओलीले खासगरी महानगरपालिकाको मेयरमा पार्टीले जित हासिल गर्न नसकेकोमा चित्त दुःखाइ गरेका छन् । यसपटको निर्वाचनमा एमालेले ६ मध्ये एउटा पनि महानगरमा मेयर पद जित्न सकेन । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौं र पोखरा महानगरको मेयर पद जितेको थियो ।

‘चार–चार वटा महानगरपालिकामा हामीले उपमेयर पदमा जित हासिल ग¥यौं । तर, मेयर भने जित्न सकेनौं । यो पार्टीभित्रैको अन्तर्घातका कारणले भएको हो,’ उनले भने । एमालेले काठमाडौं, पोखरा, विराटनगर र ललितपुर महानगरमा उपमेयर पद जितेको छ । अध्यक्ष ओलीले के कारणले पार्टीका नेता÷कार्यकर्ताले अन्तर्घात गरे भन्ने पत्ता लगाउन तल्लो कमिटीहरुमा पत्राचार गरिएको पनि बताए ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक आफ्नो धारणा राखेका हुन् । ओलीले सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप पनि लगाएका छन् ।
‘सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पा¥यो । तर, अहिले पनि एमाले हारेको छैन । यो चुनावमा पनि हाम्रो पपुलर मत घटेको छैन, त्यसैले यसलाई हारेको भन्न मिल्दैन’, अध्यक्ष ओलीले भनेका छन् ।

प्रतिक्रिया