योजना आयोगले सिफारिस नगरेका योजनालाई बजेट दिइने

काठमाडौं । सरकारको खातामा मेलम्ची उपलब्धीको रुपमा चढेको छ । मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रममा यसलाई उपलब्धीका रुपमा उल्लेख गरिएको छ ।

त्यसैगरी सडक विस्तार र कोभिड नियन्त्रणलाई पनि सरकारले आफ्नो उपलब्धीमा हिसाब गरेको छ । संघीयतको सुदृढीकरणलाई सरकारले प्राथमिकतामा राखेको छ । स्थानीय तहमा वस्तुगत हस्तान्तरण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

विदेशमा आर्जन गरेको सिपलाई स्वदेशमा प्रोत्साहन दिने नीति तथा कार्यक्रमको लक्ष्य रहेको उल्लेख छ ।

त्यसैगरी नतिजामा आधारित आयोजनालाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै, राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएको योजनाका लागि बजेट नछुट्याउने नीति सरकारले लिने भएको छ ।

प्रतिक्रिया