महालक्ष्मी विकास बैंकद्वारा जोशीलाई सम्मान

काठमाडौ । महालक्ष्मी विकास बैंकले २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउने क्रममा नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा अतुलनिय भूमिका निर्वाह गरेका संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेको छ ।

उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रम बीच बैंकका संचालक समितीका अध्यक्ष राजेश उपाध्यायले अभिन्नदन गरेका हुन ।

कार्यक्रममा अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहँदै आएको कुरा बताए । वार्षिकोत्सकवो अवसरमा बैंकले आफ्ना १ सय ३ शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।

एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको पनि बैकलाो जनाएको छ ।

प्रतिक्रिया