नबिल बैकको सिइओमा ढुंगाना

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन । गत जेठ ७ मा सम्पन्न बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको आगामी सीईओ नियुक्त गरेको हो ।

बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल अबको केही दिनभित्रै सकिँदै छ । त्यससँगै रिक्त पदका लागि पुर्वतयारी गर्दै बैंकले उक्त जिम्मेवारीमा ढुंगानालाई ल्याउन लागेको हो ।

ढुंगानाले असार १७ बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नेछन । ढुंगाना गत पुस अन्तिम साता नेपाल बैंकको सीईओबाट अवकाश भएका हुन ।

प्रतिक्रिया