जनकपुर उपमहानगरको मेयरमा स्वतन्त्र उमेदवार विजयी

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार मनोज कुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उमेदवार मनोजले १३ हजार ४६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उनकाे निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए ।

गठबन्धनबाट नगरप्रमुख पदमा उमेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साह चौथो स्थान रहे । उनले ५ हजार १२४ मत मात्रै ल्याउन सके । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का उमेदवार मनोज चौधरीले ५ हजार ३६० मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट उमेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन् । किशोरीले १५ हजार ५२५ मत ल्याउँदै उपप्रमुखमा निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८१७ मत ल्याइन् ।

प्रतिक्रिया