मतगणना अन्तिम चरणमा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । आइतबार रातिसम्म ७ सय २३ पालिकाको अन्तिम परिणाम आइसकेको छ । गत वैशाख ३० गते देशभरका ७ सय ५३ पालिकाको लागि निर्वाचन सम्पन्न भएको थियो । हालसम्म प्राप्त परिणाम अनुसार, नेपाली कांग्रेसले ३ सय १४ पालिकाको प्रमुख पद जितेको छ । कांग्रेस २ सय ९० पालिकाको उपप्रमुख पदमा विजयी भएको छ । कांग्रेस अझै ११ पालिकाको प्रमुख र ८ पालिकाको उपप्रमुख पदमा अगाडि रहेको छ । यसपटकको स्थानीय तह निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठुलो दलको रुपमा स्थापित गराउने निश्चित भइसकेको छ ।

यसैगरी नेकपा एमालेले हालसम्म १ सय ९३ पालिकाको प्रमुख पदमा जित हात पारेको छ । एमालेले २ सय २० पालिकाको उपप्रमुख पद पनि जितेको छ । एमाले हाल १२ पालिकाको प्रमुख र १९ पालिकाको उपप्रमुख पदमा अगाडि देखिएको छ । एमाले दोस्रो ठूलो दल बन्ने पनि पक्का भइसकेको छ ।

यसैगरी सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले हालसम्म १ सय २० पालिकाको प्रमुख र १ सय २८ पालिकाको उपप्रमुख पद जितेको छ । माओवादी केन्द्र २ पालिकाको प्रमुख र २ पालिकाको उपप्रमुख पदमा अगाडि छ । माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा स्थापित भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले २९ पालिकाको प्रमुख र ३० पालिकाको उपप्रमुख पद जितको छ । जसपा अझै २ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पदमा अगाडि छ । नेकपा एकीकृत समाजवादीले १७ पालिकाको प्रमुख र २० पालिकाको उपप्रमुख पद जितेको छ । एकीकृत समाजवादी २ पालिकाको प्रमुख र १ पालिकाको उपप्रमुख पदमा अगाडि रहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १४ पालिकाको प्रमुख र १० पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ पालिकाको प्रमुख र ४ पालिकाको उपप्रमुख पदमा सफलता हात पारेको छ । राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पदमा जित हात पारेको छ ।

यसैगरी सीके राउतको जनमत पार्टीले २ पालिकाको प्रमुख र १ पालिकाको उपप्रमुख पद जितेको छ । नेपाल मजदुर किसान पार्टी र विवकेशील साझाले पनि १/१ पालिकाको प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख तथा तमलोपाले १ पालिकाको प्रमुख र १ पालिकाको उपप्रमुख पद जितेका छन् । स्वतन्त्र उम्मेदवारले भने ११ पालिकाको प्रमुख र ४ पालिकाको उपप्रमुख पदमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया