इन्धनको मूल्यमा भारी वृद्धि (सुचिसहित)

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ पुगेको छ ।

साथै हवाई इन्धनको मूल्यमा वृद्धि गरिएको छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य पनि बढेको छ । ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँले बढाइएको छ । अब ग्याँसलाई प्रतिसिलिन्डर १८०० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया