राजेश र केकीको रोमान्स

काठमाडौं । गायक राजेश पायल राई र गायिका अस्मिता अधिकारीको आवाज रहेको नयाँ गीत ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ । गोपाल लोहारको शब्द रचना रहेको । यस गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् ।

सञ्जिव बराइलीले संगीत संयोजन गरेको गीतको भिडियोमा गायक राजेश पायल र अभिनेत्री केकी अधिकारीको अभिनय छ । सार्वजनिक भिडियोमा दुवैको प्रेम र रोमान्सलाई प्रस्तुत गर्न खोजिएको छ । सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् ।

प्रतिक्रिया