असारमा ‘घनचक्कर’

काठमाडौं । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको चलचित्र ‘घनचक्कर’ आगामी १० असारदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

करुणा अर्याल र संगम भट्ट निर्माता रहेको यो चलचित्रको प्रस्तुतकर्ता हरि भट्ट तथा सुर्यनाथ हुन् । कमेडी जनराको यस चलचित्रमा अभिनेता सरोज खनाल, कस्मिरा लामा, आशान्त शर्मा, शिशिर भण्डारी, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडल लगायतका कलाकारको अभिनय छ । अनुपम द्धिवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सह–निर्माता रहेको ‘घनचक्कर’ को छायांकन सुसन प्रजापतिले गरेका हुन् ।

चलचित्र अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद रहेको छ । प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी तथा अष्ट महर्जनको द्वन्द्व रहेको यो चलचित्रमा विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठले संगीत भरेका छन् । मित्र डि गुरुङको सम्पादन गरेको यो चलचित्र समसामयिक परिघटनामा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया