गठबन्धन सफल भयो : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धनले देशमा विकासको यात्रा प्रारम्भ गरेको बताएका छन् । उनले चुनावी तालमेल पनि सफल भएको बताए ।

मध्यपुर थिमि नगरपालिकामा पाँचदलीय गठबन्धनका तर्फबाट विजयी उमेदवारलाई शनिबार बिहान खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म लिएर जाने बताए ।

‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो । मूलभूत रूपमा गठबन्धन सफल भएको हो,’ उनले भने, ‘यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प हो । यसमा हामी गठबन्धनका दलहरू दृढ छौँ ।’

प्रचण्डले निर्वाचित जनप्रतिनिधिहरूलाई विकास, समृद्धि र जनताको हितमा राम्रो काम गर्ने चुनौती रहेकोतर्फ सचेत गराए ।

प्रतिक्रिया