आयात कटौतीले निर्यात व्यापारमा सुधार

काठमाडौं । अकासिदै गरेको आयात व्यापारमा कडाई गरेपछि निर्यात व्यापारमा सुधारको संकेत देखिएको छ । आयातमा कटौती गरेसँगै निर्यात व्यापारमा भएको सुधारले शोधनान्तर घाटामा केही कमी आउन सक्ने देखिएको हो । वैशाख महिनामा चैतकै अनुपातमा रेमिटयान्स भित्रिएको तथ्याकंले देखाएको छ ।

यसबाहेक सरकारले दात्रृत निकायबाट वैदेशिक ऋण र अनुदान पाएको छ । यसले गर्दा समग्र वैदेशिक मुद्रा सञ्चितिमा सुधार आउने छ । आयात कम भएर चालु खाता घाटा कम हुने र त्यसको प्रत्यक्ष असर शोधनान्तरमा पर्ने भएकाले यसपटक बाह्य क्षेत्रमा सुधारको संकेत देखिने राष्ट्र बैंकको बुझाइ छ ।
रेमिटयान्स स्थिरता तर्फ रहनु,पर्यटन आवागमनमा चहल पहल बढनु एवं वैदेशिक ऋण र अनुदान परिचालन भएको कारण आयात व्यापारमा नियन्त्रण हुन थालेको नेपाल राष्ट्र बैकका गभर्नर गभर्नर महाप्रसाद अधिकारीले बताएका छन ।

विलासी वस्तु आयातमा सरकारले गरेको कडाइकै कारण वैशाख महिनामा आयात बढ्ने क्रम रोकिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैतको तुलनामा वैशाखमा २० अर्ब रुपैयाँ आयाता व्यापार घटेको छ । २०७८ चैतमा १ खर्ब ५७ अर्ब बराबरको वस्तु आयात भएकोमा वैशाखमा १ खर्ब ३७ अर्ब रुपैयाको मात्रै आयात ब्यापार भएको छ ।

केन्द्रीय बैकले पुसमा केही वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा शतप्रतिशतसम्म मार्जिन लाउने व्यवस्था गरेपछि माघमा आयात केही कम भएको थियो । त्यतिखेर एक बैंकबाट ऋण लिएर अर्को बैंकबाट एसली खुल्न थालेपछि फागनबाट पुन आयात बढेपछि बिलसाीताको बस्तु आयातमा थप कडाइ गरिएको थियो ।

पछिल्लो पटक एमएस बिलेट, गहुँ, मोटरसाइकल, चिनी, डीएपी मल, सिमेन्ट क्लिंकर, स्वास्थ्य उपकरण, हातहतियार, सीआर सीट र धानको आयात घटेको छ । यो संगै कच्चा पाम तेल, भ्याक्सिन, शुद्ध फलाम, एचआर सीट र भटमासको तेलको आयात घटेको छ । आयात घटेपछि निर्यात व्यापारमा पनि सुधार देखिएको हो ।

२ खर्बको इन्धन आयात

चालु आर्थिक वर्षको चैत महिना सम्ममा नेपालले २ खर्ब १८ अर्ब ३५ करोड रुपैयाको पेट्रोलियम पदार्थ आयात गरेको छ । गत वर्ष यसै अवधिमा १ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । गत वर्षको तुलनामा चालू आवको ९ महिने अवधिमा २१ अर्ब बढीको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।

चैत मसान्तसम्ममा कुल १४ खर्ब ६६ अर्बको वस्तु आयात भएकोमा पेट्रोलियम पदार्थ मात्र २ खर्ब १८ अर्ब ३५ करोड रुपैयाँको भित्रिएको हो । जुन कुल आयातको १८ दशमलव २ प्रतिशत हुन आउछ । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेकोले पनि पेट्रोलियम पदार्थको आयात उच्च देखिएको आकलन गरिएको छ ।


चालू आवको साउन महिनामा १६ अर्ब २१ करोड रुपैयाँको पेट्रोलियम प्रदार्थ आयात भएको थियो । भदौ सम्मामा ३४ अर्ब १८ करोड, असोजमा ५४ अर्ब १ करोड, कात्तिकमा ७८ अर्ब १६ करोड, मंसिरमा १ खर्ब ६ अर्ब, पुसमा १ खर्ब ३२ अर्ब, माघमा १ खर्ब ५५ अर्ब, फागुन सम्ममा १ खर्ब ८५ अर्बको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया