विराटनगरमा एमालेका थापा भन्दा कांग्रेसका कोइराला ६१४८ मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार कोइरालाले २४५६३ मतसहित अग्रता कायम गरेका हुन् । ६१४८ मतान्तरले उनी अघि छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले १८४१५ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ७४९७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमालेकी शिल्पा कार्कीको अग्रता रहेको छ । उनले जनता समाजवादीका अमरेन्द्र यादवलाई झन्डै ९ हजार मतले पछाडि पारेकी छन् । कार्कीले २१३८३ मत पाउँदा यादवले जम्मा १२१०४ मत ल्याएका छन् ।

यस्तै, राप्रपाकी विन्दाकुमारी लुइँटेलले ५५८६ मत ल्याएकी छन् । अर्का स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पनि ४४५८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया