स्मार्टच्वाईस टेक्नोलोजि र सेलपे स्मार्ट बीच साझेदारी

काठमाडौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रा.लि (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालन गर्ने सम्झौता सम्पन्न भएको छ ।


स्माटच्वाईसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।


सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टमा भुक्क्तानी गर्न सक्छन भने सेलपे मार्फत बिभिन्न ब्यापार—ब्यबसायमा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया