चौधरी फाउण्डेसनद्धारा सारिका देबी आकस्मिक कक्ष हस्तान्तरण

काठमाडौ । चौधरी फाउण्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसन मार्फत उक्त अस्पतालको आकस्मिक कक्षको स्तरोन्नती र विस्तार कार्य गरेको हो ।

बुधबार अस्पतालमा आयोजित एक समारोहकाबीच स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उदघाटन गरेका हुन । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले देशको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले सर्वसाधरण नागरिकका सन्ततीले उपचार सेवा पाउने अस्पताललाई सहयोग गरेकोमा खुशी हुँदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा राखेका थिए ।

फाउण्डेसनद्वारा १४ शैयाको इमरजेन्सी वार्ड विस्तार गरी २५ शैयाको निर्माण गरेको हो । उक्त अवसरमा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा.युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका थिए ।

आकस्मिक कक्ष हस्तान्तरण समारोहमा फाउण्डेसनका महासचिव सारिका देवी चौधरीले आफू आमा रहेको र आफ्ना सन्तान बिरामी पर्दा आमाहरूको मन कति पोल्छ भन्नेबारे आफूलाई गहिरो अनुभूति भएको बताइन । बालबच्चाले उपचार पाउने कान्ति बाल अस्पताललाई आफूले रोज्नुको कारण पनि सोही रहेको उनको भनाई थियो ।

प्रतिक्रिया