एनआरएस कर्पोरेट फुटसल शनिबार

काठमाडौं । एनआरएस प्रतिष्ठानको आयोजनामा शनिबार कर्पोरेट फुटसल हुने भएको छ । कोभिड महामारीका कारण दुई वर्ष पछि प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागिएको एनआरएसका संस्थापक निलेन्द्रराज श्रेष्ठ जानकारी दिए । एक दिने प्रतियोगितामा २३ टोलीको सहभागिता रहने बनाइएको छ ।

प्रतियोगितामा नागरिक उड्ययनका दुई टिम, नेपाल खेलकुद पत्रकार मञ्च, क्लाउड फेक्ट्रीको दुई टिम, फोर्स मोटर्स, फर्निचर ल्याण्ड, फ्युज मेशिन, ग्रिष्मा वहुउद्धेश्यिय सहकारी, हिमालयन बैंक, हिमालयन बैंक लि., जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै खल्ती डिजिटल वालेट, कुमारी बैंक, नेपाल इयरलाइन्स, नेपाल ओलम्पिक कमिटी, प्रभु बैंक, कतार राजदुतावास, शिदार्थ बैंक, टोयोटा, भायानेट, जाकी पोइन्ट्स, नाइस टुर्स एण्ड ट्राभल्सले प्रतियोगितामा भाग लिएको छ ।

लिग कम नक आउटका आधारमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टोलीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एनआरएसका संस्थापक नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्राइयाथलन संघका अध्यक्ष हुन् ।

प्रतिक्रिया