समसामयिक कला गोष्ठी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रर्दशनी २०७९ को सन्दर्भ पारेर अन्तक्र्रियात्मक गोष्ठी सञ्चालन गरेको छ । यसै अवसरमा ‘नेपाली समसामयिक कलामा मौलिकताको पहिचान’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।
अध्ययन, अध्यापन र सिर्जनाका घरोहर सवैका गुुरु प्रा.डा. अभि सुवेदीको प्रमुख आतिथ्यतामा भएको उक्त गोष्ठीको सभापतित्व नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले गरेका थिए । स्वागत मन्तव्य प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले गरेका थिए । चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारिन् ।

यसैगरी कार्यपत्र प्रस्तुत गर्दै डा. यमप्रसाद शर्माले पश्चिमा दर्शन र पूर्वीय दर्शनबीच रहेका मौलिकताको पहिचान निकै महत्वपूर्ण बताए । उनले विभिन्न समयमा बनेका चित्रकला, पश्चिमाले प्रयोग गर्ने शैली र रंग, विश्वप्रसिद्ध चित्रकारले बनाएका चित्र र त्यसमा प्रयोग भएका शैलीको विषय कार्यपत्रमार्फत प्रस्तुत गरेका थिए । टिप्पणीकर्ता गणेश जिसीले डा. शर्माले प्रस्तुत गरेको कार्यपत्र सुन्दा ‘आफ्नो दिब्य आफै खोल’ भनेझै लागेको सुनाए ।

उनले भने, ‘हाम्रो नेपाली कला संस्कृतिलाई पश्चिमाले भारतीय आँखाले हेरिदिएका छन् । हाम्रो कला पनि महत्वपूूर्ण कलाको रुपमा स्थापित छ । कतै हाम्रो कला प्रायोजित भएर त आएको छैन ?’ भन्दै प्रश्नसमेत गरे ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले नेपाली कलामा भेटिने मौलिकता निकै आकर्षक रहेको बताए । उनले भने, ‘नेपाली समसामयिक कलामा मौलिकताको पहिचान विषयक आजको यो छलफलमा ज्यादै महत्वपूूर्ण प्रश्नहरु उठेका छन् । नेपाली कला र संस्कृतिलाई अगाडि बढाउनका निमित्त लुुकेर रहेका कलाको खोज अनसन्धान गर्नु जरुरी छ ।’

यो समस्याको प्राज्ञिक थलोबाट अवश्य हल हुने पहलकदमी हुने कुरामा आफू विश्वस्त रहेको प्रा.डा. सुवेदीले बताए । उनले भने, ‘अहिले ललितकलाले निकै नै प्रगति गरेको रहेछ । मैले यहाँ प्रकाशित पुुस्तकको अध्ययन पनि गरे । यसले अध्ययन अनुसन्धानको पाटोलाई अगाडि बढाको देखिन्छ । नेपाली मौलिक कला अरु कसैको कला होइन, यो हाम्रो कला हो । यसर्थ हाम्रो मौलिक कला, परम्परा, संस्कृतिको व्षपक रुपमा खोज अनुसन्धन बहस चलाउनु जरुरी छ ।’ प्रस्तुुत कार्यपत्रले एउटा ढोका खोलिदिएको सुनाउँदै डा. शर्माले यो विषयको सुुरुवात् भएको जिकिर गरे ।

उनले यति छलफलमात्र पर्याप्त नभएको प्रतिक्रिया दिए । यसैगरी टिप्पणीकर्ताले जुुन प्रश्न गरे अत्यन्तै राम्रो प्रश्न उठाइएको छ । यस विषयमा हामीले थप अनुसन्धान गर्नुु जरुरी छ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । कुलपति के.के कर्माचार्यले आफ्ना भनाइसहित कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया