‘अवतारः द वे अफ वाटर’ को टिजर

न्युयोर्क । बहुप्रतिक्षित हलिउड चलचित्र ‘अवतारः द वे अफ वाटर’ को टिजर सार्वजनिक भएको छ । सन् २००९ मा प्रदर्शनमा आएको चलचित्र ‘अवतार’ को सिक्वेल रहेको चलचित्र ‘अवतारः द वे अफ वाटर’ को टिजर सोमबार सार्वजनिक भएको हो । चलचित्रलाई जेम्स क्यामरुनले निर्देशन गरेका छन् । चलचित्रको टिजरमा नदीमुनिका विभिन्न जीवहरुसँगको कथालाई प्रस्तुत गरिएको छ ।

टिजरमा सुलि परिवारका जेक, नियतिरी र उनीहरुका सन्तानको संघर्ष र जीवनका लागि लडाईंलाई प्रस्तुत गरिएको छ । चलचित्रमा सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिस लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई निर्देशक केमरुन र जोन लन्डानौले संयुक्त रुपमा निर्माण गरेका छन् ।

१३ वर्षअघि प्रदर्शनमा आएको ‘अवतार’ को सिक्वेल ‘अवतारः द वे अफ वाटर’ अत्याधिक महँगो बजेटमा निर्माण भएको चलचित्र हो । चलचित्र कूल ३० अर्ब ५३ करोड ४४ लाख ५० हजार रुपैयाँ अर्थात २५० मिलियन अमेरिकी डलरमा निर्माण भएको छ ।

डिसेम्बर १६ देखि प्रदर्शनमा आउने भनिएको यो चलचित्रमा विभिन्न प्रयोगले गरिएको छ । चलचित्रका दृश्यलाई पानीमुनि खिचिएको छ भने विज्ञानको अलौकिक दुनियाँ र त्यसभित्रको संघर्षको कथा चलचित्रमा रहेको छ ।

प्रतिक्रिया