संसद बैठक बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसदको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ४ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठक बोलाउन सिफारिस गरेको स्रोतले जनाएको छ । सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सरकारले बजेट ल्याउनु अघि बजेटमाथि छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । जेठ ४ गते अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् ।

प्रतिक्रिया