चुनावमा खटिने म्यादी प्रहरीकाे ज्यान गए २० लाख दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । स्थानीय तहको निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मीको ज्यान गएमा सरकारले २० लाख रुपैयाँ दिने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनका क्रममा सुरक्षाकर्मीको ज्यान गए तत्काल २० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

आइतबारको बैठकमा गरेको प्रस्ताव पारित भएको गृहमन्त्रालयले जनाएकाे । यस्तो सुविधा म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीले प्राप्त गर्नेछन् । निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटिनेछन् ।

प्रतिक्रिया