भैरव अर्यालको सालिक अनावरण

काठमाडौं । प्रसिद्ध व्यंग्यशिल्पी भैरव अर्यालको सालिक उनको पुर्ख्यौली थलो जोरपाटीस्थित अर्याल गाउँ (हाल गोकर्णेश्वर–७) मा अनावरण गरिएको छ । वरिष्ठ साहित्यिक पत्रकार तथा अर्यालका आत्मीय मित्र रोचक घिमिरेले उक्त सालिक अनावरण गरेका हुन् ।  भैरव पुरस्कार गुठीका अध्यक्षसमेत रहेका घिमिरेले शाश्वत व्यंग्यशिल्पी अर्यालका रचनाहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

अर्याल व्यंग्यका क्षेत्रमा मात्रै नभई समालोचना र पत्रकारितामा पनि अब्बल रहेको उनले बताए । कार्यक्रममा साहित्यकार विजय चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नम्बर-७ का अध्यक्ष केशव गुरुङ, अर्थविद् डा. रेवतबहादुर कार्की, पुण्यप्रसाद दाहाल, गोपाल बराल, अर्जुन गौतम र प्रा. डा. दीपक अर्यालले बोलेका थिए ।

प्रतिक्रिया