सत्ता गठबन्धनबाट धनगढीको मेयरमा वड र उपमेयरमा अधिकारीको उम्मेदवारी दर्ता

धनगढी । आसन्न स्थानीय तह निर्वाचनको लागि सत्ता गठबन्धनबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नृपबहादुर वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

सोमबार बाजागाजा र र्यालीसहित धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वड र अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनमा धनगढी उपमहानगरपालिकामा मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको थियो । वड धनगढीका हालका मेयरसमेत हुन् । अधिकारी २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार थिइन् ।

प्रतिक्रिया